६ बैशाख २०८१, बिहीबार
Follow Us

राजदूत नियुक्ती पारदर्शी हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपालब्रिटेन संवाददाता
१३ असार २०७५, बुधबार ०९:०६

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका परराष्ट्र मामिलासम्बन्धी जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदूत नियुक्त गर्ने योजना सुनाए ।

नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकता दिएको दावी गर्दै उनले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि तयारीको काम भइरहेको पनि उल्लेख गरे ।

कालापानी, सुस्तालगायतका क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको काम अघि बढाएको जानकारी दिए । नेपालमा रेल सेवा सञ्चालन गर्ने समझदारी गर्न प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सफल भएको दावी पनि गरे ।

वैदेशिक रोजगारीमा जानेको उचित व्यवस्थापन गर्न आवश्यक पहल कदमी गर्नेलगायतका काम पनि सरकारले गरिरहेको उनको भनाइ थियो । संसदमा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ । भोलि भने प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको बजेट शीर्षकमा उठेका प्रश्नको प्रधानमन्त्री वा उनले तोकेका मन्त्रीले जवाफ दिने कार्यसूची छ ।