१५ बैशाख २०८१, शनिबार
Follow Us

शहिद परिवारले उपचार पाएनन, सरकारको ध्यनाकषर्ण

नेपालब्रिटेन डट कम्
१३ असार २०७५, बुधबार १९:१३

काठमाडौं । देशले लागि लडेका शहिद परिवारले उपचार नपाएर बिचल्लीमा परेका छन् ।
तनहुं जिल्लाको ऋषिङ्ग रानी पोखरी गाउपालिका ८ का नगेन्द्र श्रेष्ठको आमा पार्वती श्रेष्ठको २ महिना देखि उपचार हुन् सके को छैन । उनिलाई मस्तिष्कघात भइ उपचारको क्रममा टाउकोको सल्यकृया गरिएको छ ।

शहिद सरस्वतिकृष्ण श्रेष्ठकी धर्मपति श्रेष्ठलाई सरकारले विशेषगरी उपचार सहुलियत सहितको सुविधा नदिदा बिचल्लीमा परेकि हुन् । परिवारले उनको उपचारको लागि सरकारसंग माग गरेको छ । श्रेष्ठको उपचारमा मात्रै होईन १७ हजार शहिद परिवार उपचारमा सरकारले वास्ता नगरेको भन्दै परिवारले आकोर्स ब्यक्त गरेको छ ।

श्रेष्ठका छोरा नगेन्द्र श्रेष्ठले आमा जस्ता १७ हजार शहिद परिवारलाई सरकारले अपमान गरेको दावी गरे ।
शहिद परिबारको लागी केहि उपचारको प्योकेज ल्याउला कि भन्ने आश थियो तर अहिले सम्म सुनुवाइ नहुँदा शहिदहरुको सपनामात्रै होईन परिबारलाई पीडा माथी पीडा दिने काम काम भएको परिवारको भनाइ छ ।
श्रेष्ठ परिवारले स्वास्थ्थ मन्त्री उपेनद्र यादव समेतलाई समेत जानकारी गरिसकेको छ ।