१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिती बेल्जियमको समर भेला सम्पन्न

नेपालब्रिटेन डट कम्
१३ असार २०७५, बुधबार १९:२३

बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियमले हरेक बर्ष झैँ परोपकारी शिर्षकमा गर्दै आईरहेको समर बारबिक्यु कार्यक्रम यस बर्ष पनी नेपालका बृदाआश्रममा रहेका असहाय वुवा आमाहरुको सहयोगार्थ शिर्षकमा सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिती बेल्जियमको आयोजनामा आइतबारको दिन बेल्जियमको लुभेन स्थित केसेलो पार्कमा एक खुल्ला बार्विक्यु कार्यक्रम सम्पन्न भएको छ। उक्त खुल्ला बार्विक्यु कार्यक्रममा सयौं नेपालीहरुको उपस्थिती रहेको थियो, नेपाली जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष ध्रुव राज पौडेल, पुर्व अध्यक्ष ज्युहरु ईन्द्र क्षेत्री पकवान, गंगाधर गौतम निबर्तमान अध्यक्ष शुभाष जोसी लगायत गैर आवासिय नेपाली संघका केन्द्रिय सचिव जानकी गुरुङ, केन्द्रिय महिला संयोजक रजनी प्रधान, युरोप संयोजक शिब कुमार बरुवाल, आईसीसी सदस्य पदम गुरुङ, एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल, बेल्जियम स्थित बिभिन्न बैचारिक संगठनका अध्यक्षहरु, बिभिन्न सामाजिक, जातिय तथा क्षेत्रिय संगठनका अध्यक्ष ज्युहरु, पत्रकार ज्युहरु, र बेल्जियम स्थित आदारणिय वुवा आमा तथा दाजु भाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रमलाई दुई चरणमा बिभाजन गरीएको थियो ।

पहिलो चरणको औपचारिक कार्यक्रम संस्थाका सभापती सीता सापकोटाको अध्यक्षता र संस्थापक अध्यक्ष ध्रुव राज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। जसमा बारबिक्यु कार्यक्रमका उप संयोजक बलिराम झा ज्यु ले उपस्थित सबै पाहुनाहरु लाई स्वागत गर्नु भएको थियो , त्यस्तै एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल, बैचारिक संगठनका अध्यक्ष ज्युहरु ओएनएफ बेल्जियमका अध्यक्ष बोधराज पौडेल, जनप्रगतीशिल मंचका अध्यक्ष जीता लामा, जनप्रगतिशिल मोर्चाका अध्यक्ष मेख गुरुंग, संघिय समाजवादी पार्टका अध्यक्ष नेत्र मगर ज्यु ले आ-आफ्नो स्थानबाट बोल्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो त्यस्तै कार्यक्रमका संयोजक दिलमायाँ शर्माले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापति श्रीमती सीता सापकोटा ले उपस्थित सबै पाहुनाहरु लाई पुन: स्वागत तथा उपस्थितीको लागी सबैमा हार्दिक धन्यवाद ब्यक्त गरिन ।

नेपाली जनसम्पर्क समिती बेल्जियमले नेपाली काग्रेसको भावना र मर्म लाई आत्मसाथ गर्दै बिदेश स्थित हामी नेपाली समुदायलाई सदैव एक ढिक्का बनाएर अगाडी बढ्ने, नेपाली समुदायको बिच भाईचाराको सम्बन्ध बढाउने संगठनको उष्येश्य रहेको बताइन ।

समितिले कार्यक्रम सफल बनाउन लाग्नु हुने संगठनका अग्रजहरु, कृयाशिल तथा साधारण सदस्य ज्युहरु्, बिभिन्न संघ संस्थाका अध्यक्ष ज्युहरु,परोपकारी बृदाआश्रमको लागी सहयोग गर्नु हुने सहयोगदाताहरु,पत्रकार ज्युहरु, र उपस्थित बेल्जियमवासी आदारणिय दाजु भाई तथा दिदी बहिनीहरुमा नेपाली जनसम्पर्क समिती बेल्जियम हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेको छ ।

– जगदिश सापकोटा