१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हुण्डी कारोबारी पक्राउ

sarusaru
१४ असार २०७५, बिहीबार ०२:४८

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले स्रोत नखुलेको रु २० लाख नगद र एक थान मोबाइलसहित काठमाडौँ तारकेश्वरका ७२ वर्षीय बालकृष्ण भण्डारीलाई बुधबार दिउँसो सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

प्रहरीले हुण्डी कारोबारको रकम लिई आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
रासस