१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्वकप फुटबलमा समूह चरणका खेल सकिंदै

नेपालब्रिटेन संवाददाता
१४ असार २०७५, बिहीबार ०५:१०

मस्को । विश्वकप फुटबलमा आज समूह चरणका खेल सकिंदैछन् । समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट अघिल्लो चरण पुग्ने १६ टोलीको टुंगो लाग्नेछ । आज बेलुकी पौने ७ बजे समूह ‘एच’ का दुई खेल हुनेछन् । भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ ।

यो समूहका सुरुवाती दुई खेलबाट ४ अंक जोडेको जापान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सेनेगलको पनि ४ अंक नै छ । ३ अंक जोडेको कोलम्बिया पनि अर्को चरणमा उक्लिने होडमा छ । पोल्यान्ड भने बाहिरिइसकेको छ । अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि आजको खेल बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ ।

आजै राति पौने १२ बजे समूह जी का दुई खेल हुनेछन् । कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्दा मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ । समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन् । दुई टोलीबीच आज हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ ।