१२ बैशाख २०८१, बुधबार
Follow Us

विषादीयुक्त मदिरा सेवनवाट छ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ असार २०७५, बिहीबार १५:४८

धनुषा । धनुषाको कमला नगरपालिकामा विषादियुक्त घरेलु मदिरा सेवन गरेका ६ जनाको मृत्यु भएको छ । कमलानगर पालिकाको सिंग्याही मडानमा विषादियुक्त घरेलु मदिरा सेवन गर्दा ६ जनाको मृत्यु भएको र ३ जना बिरामी परेका प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान रहेका छन् । त्यस्तै गंगा पासवान र वडा नम्बर ६ बस्ने ४५ बर्षका साबिर अन्सारी, राजबिर महतोको पनि मृत्यु भएको छ ।