१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन मध्यपूर्वको छैठौ क्षेत्रीय सम्मेलन आगामी भदौ ८ र ९ मा

नेपालब्रिटेन डट कम्
१४ असार २०७५, बिहीबार १८:५२

युएई । एनआरएनका विभिन्न क्षेत्रीय सम्मेलनको तयारी भइरहेका छन । अमेरिकामा हुन लागेको सम्मेलन नजिकिएको छ भने यूरोपमा हुने सम्मेलनको तयारी पनि तीब्रा पारिएको छ । त्यसैसिलसिलामा गैर आवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैठौं क्षेत्रीय सम्मेलन भने आउँदो भदौ ८ र ९ गते युएईमा हुने भएको छ । मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागीतामा सो सम्मेलन गरिने भएको हो ।

सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली कामदारका विभिन्न विषयमा छलफल सहित घोषणापत्र जारी गर्ने एनआरएनए मध्यपूर्व क्षेत्रीय समितिका उपसंयोजक गोपाल कंडेलले जानकारी दिनुभयो । सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारी, घरेलु महिला कामदारका समस्या र विभिन्न आरोपमा मध्यपूर्वका देशका जेलका रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने लगायतका एजेण्डामा सरकारी निकायसँग समन्वय गरी छलफल गरिनेछ ।

छलफलको नारालाई अन्तिम रुप दिन बाँकी छ । कार्यक्रममा नेपालबाट परराष्ट्र र श्रममन्त्री सहितको टोलीलाई सहभागी गराउने गरि समन्वय भइरहेको मध्यपूर्व संयोजक आरके शर्माले जानकारी दिनुभयो । एनआरएनएले हरेक दुई वर्षमा विभिन्न क्षेत्रीय समितिको भेला गर्दै आएको छ ।

युएईले दोस्रो पटक क्षेत्रीय भेला गर्ने अवसर पाएको हो । यसअघि २०११ मा युएईले भेला आयोजना गरेको थियो । सन् २०१४ मा बहराइनको मनामा र सन् २०१६ को पाँचौं भेला कतारको दोहामा भएको थियो । एनआरएनए आईसिसीको मध्यपूर्व अन्र्तगत कतार, युएई, बहराइन, ओमान, साउदी, कुवेत, ईराक, लेवनान, ईजरायल, यमन, इजिप्ट र सिरिया पर्छन ।