यो वर्षकै सर्वोत्कृष्ट कमेडी ‘सुन्तला बदाम’ तीज गीत बजारमा आएको छ । यो गीतको शब्द शिव अखेलीको रहेको छ भने स्वर सुर्य खड्का र शान्तिश्री परियारको रहेको छ । प्रकाश भट्टको निर्देशनमा बजारमा आएको सो गीतको लय पनि सुर्य खड्काको नै रहेको छ भने अभिनयमा यादव देवकोटा (सरापे) तथा सुशिला निरौला (बिमली) रहेका छन् । गाउँले परिवेशलाई समेटेर निर्माण गरिएको सो गीतको छायांकन राजेश घिमिरेले गरेका हुन् ।