६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती अर्थतन्त्रमा अपेक्षा गरिएभन्दा छिटो वृद्धि

नेपालब्रिटेन संवाददाता
१५ असार २०७५, शुक्रबार १५:२७

लण्डन । बेलायतको अर्थतन्त्रमा सोचेभन्दा छिटो वृद्धि आएको यो वर्षको पहिलो तीन महिनाको तथ्याङ्कले देखाएको छ । तर यो सन् २०१७ को अन्त्यमा देखिएको वृद्धिदरमा देखिएको कमी अझै सन्तोषजनक अवस्थामा भने देखिएको छैन ।

कुल ग्राहस्थ उत्पादन, कुनै एक अर्थतन्त्रमा उत्पादन हुने सवै सामान र सेवाहरू सम्मिलित मूल्य, पहिलो तीन महिना अर्थात् मार्च महिनाको अन्त्यसम्ममा ०.२ प्रतिशतले वृद्धि भएको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

कार्यालयले उक्त अवधिमा पहिले भएको वृद्धिदरभन्दा सामान्य परिवर्तन भई ०.१ प्रतिशत बढ्ने प्रक्षेपण गरिएको थियो । तर आर्थिक विश्लेषकहरूले कुनै सुधार हुने सङ्केत नरहेको बताएका थिए । तरपनि गतवर्षको अन्तिम तीनमहिनाको तुलनामा यो वृद्धिदर ०.४ प्रतिशतले कमी भएको अवस्था हो ।