११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनले मनायो बनेपामा धान दिवस

नेपालब्रिटेन डट कम्
१५ असार २०७५, शुक्रबार १८:०३

काठमाडौंं । एनआरएन कृषि प्रबद्र्धन समितिले राष्ट्रिय धान दिवसको अवसरमा बनेपामा आज रोपाई कार्यक्रम सम्पन्न गरेको छ । असार १५ गते मनाइने धान दिवसको अवसरमा रोपाई कार्यक्रम सम्पन्न गरिएको हो ।

एनआरएनका सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनका कार्यालय प्रमुख हेमन्त दवाडी, कृषि समिति संयोजक युवराज गुरुङ, चितवन युवा समूह (अन्तराष्टिय समन्वय समिति ) सचिव गणेश ढकाल लगायत एनआरएनकमीको उपस्थिती थियो ।

गैर आवासीय नेपाली संघ, कृषि प्रवर्द्धन समितिको आयोजनामा बनेपा नगरपालिका १२ स्थित कोटथुम्का गॉउमा आयोजना गरिएको कार्यक्रममा कलाकार, पत्रकारको पनि सहभागिता थियो ।