११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन अध्यक्ष भवन भट्ट वेलायत आउने

नेपालब्रिटेन डट कम्
१५ असार २०७५, शुक्रबार २०:२६


लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लण्डन भ्रमणमा आउने भएका छन् । भट्ट नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्न वेलायत आउन लागेका हुन् ।
२२ जुलाईमा लण्डनस्थित ह्यारो फुटवल कल्वमा आयोजना हुने सो कार्यक्रममा अमेरिका, जापान, युरोप क्षेत्र लगायतका संघका केन्द्रिय नेताहरु सहभागी हुने नेपालब्रिटेन डट कमले जनाएको छ ।
भट्टसंगै संघका प्रवक्ता भुषण घिमिरे, युवा संयोजक सुदन थापा, महेश कुमार श्रेष्ठ, एनआरएन जापानका पूर्वअध्यक्ष ओम गुरुङ, एशिया क्षेत्रिय संयोजक किरणबिक्रम थापा सहितको टोली जापान देखी वेलायत आउने तयारीमा छ ।
नेपालब्रिटेन डट कमको आयोजनामा हुने उक्त कार्यक्रमलाई गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, सांसद डा. सूर्य पाठक, वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी लगायतले सम्वोधन गर्ने कार्यक्रमतय भएको कार्यक्रम संयोजक रामशरण सिमखडाले जनाए ।

वेलायतस्थित नेपाली समूदायका चर्चित १० जना व्यक्तित्वहरुलाई मिडिया प्रसनालिटी अफ दी यर अवार्डले सम्मान गर्ने तयारी गरिएको छ ।

NRNA Global conference in Kathmandu