७ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना

नेपालब्रिटेन संवाददाता
१६ असार २०७५, शनिबार १४:३८

काठमाडौं । सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त भएको छ । आज दिउँसो १४:३० बजे ग्राण्डी अस्पतालको छतमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । नाइन एन ए एल आर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो ।

ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले अवतरण भइसकेपछि चालकले हेलिकोप्टर नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको हेलिकोप्टर हेलिप्याडबाट तल्लो तल्लामा खसेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपछि हेलिकोप्टरको पखेटामा क्षति पुगेको छ । जनसम्पर्क अधिकृत अधिकारीले चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्रीसहित जाने लक्ष्यका साथ सो हेलिकोप्टर ग्राण्डी अस्पतालको हेलिप्याडमा अवतरण गरेको थियो । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी दुर्घटनाका बारेमा जानकारी समेत दिएको छ ।

काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले अवतरणको क्रममा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिनुभयो । उहाँले दुर्घटनामा हेलिकोप्टरको पखेटामा क्षति पुगेको भए पनि अन्य कुनै मानवीय क्षति भने नभएको बताउनुभयो ।