७ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वकप फुटबल : स्पेनले आयोजक रुसको सामना गर्ने

नेपालब्रिटेन संवाददाता
१७ असार २०७५, आईतवार ०५:२४

विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ ।

समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो ।
उता आयोजक रुस भने समुह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा उक्लिएको हो ।

रुसले समुह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको थियो । आजै राति पौने १२ वजे निझ्नी नोभ्गोरोद रंगशालामा क्रोएसिया र डेनमार्क भिड्नेछन् । क्रोएसिया समुह ‘डि’ को विजेता तथा डेनमार्क समुह ‘सि’ को उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेका हुन् ।