७ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. केसी पुनः आमरण अनसनमा

नेपालब्रिटेन संवाददाता
१७ असार २०७५, आईतवार ०५:२८

काठमाडौं । प्रहरी धरपकडका बीच डा. गोविन्द केसीले आमरण अनसन थाल्नु भएको छ । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरिनु पर्नेलगायत सात बुँदे माग अघि सार्नु भएको छ ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने घोषणा गर्नु भएको थियो । तर, स्थानीय प्रशासनले गएको शुक्रबारै निषेधित क्षेत्र घोषणा गर्दै अनसन बस्न दिएन ।

निषेधित क्षेत्र तोड्दै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पु-याएको थियो । डा. केसीले प्रहरी हिरासतमै हिजो ३ बजे अनसन थाल्नु भयो । पछि उहाँलाई प्रहरीले जिल्ला खेलकूद विकास समितिको कभर्ड हलमा पु¥याईदिएको छ र डा. केसी त्यही अनसनरत हुनुहुन्छ । डा. केसीले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक जस्ताको त्यस्तै ल्याउनु पर्ने माग पनि राख्नु भएको छ ।