१५ बैशाख २०८१, शनिबार
Follow Us

मनसुन सक्रिय हुँदै, देशभर वर्षा हुने

नेपालब्रिटेन संवाददाता
१७ असार २०७५, आईतवार ०५:३४

काठमाडौं । मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशको पूर्व र पश्चिमका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसमविद् राजु प्रधानाङ्गले अबका केही दिन पूर्व र पश्चिमका धेरै स्थानमा मध्यम खालको वर्षा हुने बताउनु भएको छ । एकदुई ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहनुपर्नेमा उहाँले जोड दिनु भएको छ ।

मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपाल नजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् प्रधानाङ्गले जानकारी दिनु भयो । मनसुनी रेखा नेपालको नजिक आएको र त्यो तल झरेपछि भारतका विभिन्न क्षेत्रमा बढी वर्षा हुने बताईएको छ । यो वर्ष जेठ २५ गते पूर्वी भेगबाट मनसुन छिरेको भएपनि लामो समयसम्म पूर्ण रुपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा भएको थिएन ।