१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतका नेपाली इन्जिनियर्सले चुने नयाँ नेतृत्व

नेपालब्रिटेन डट कम्
१७ असार २०७५, आईतवार २२:५७

लन्डन । सोसाइटी अफ नेपालिज इन्जिनीयर्स युकेको दोश्रो साधारण सभा आइतबार सम्पन्न भयो । एभरेस्ट रेस्टुरेन्ट लन्डनमा सम्पन्न सभाले शैलेन्द्र काजी श्रेष्ठको अध्यक्ष्यतामा ११ सदस्यीय कमिटी चयन गरेको छ । २ वर्षे कार्यसमितिमा डा. बिरेन्द्र श्रेष्ठ, उमेश पराजुलि, संयुक्त श्रेष्ठ, अक्षय चापागाइ क्रमश: उपाध्यक्ष्य, महासचिब, सचिब र कोषाध्यक्ष रहेका छन । त्यसै गरी सदस्यहरुमा बेद भट्टराइ, पूजा भगत, डा बिदुर घिमिरे, पवन मान बज्राचार्य, रश्मी राना र सज्ञन खरेल निर्बाचित भएका छन ।

स्कट्ल्यान्ड्, मिड्ल्यान्ड देखी लन्डन क्षेत्रका करिब ५० जना इन्जिनीयरहरुको उपस्थितिमा सम्पन्न उक्त भेलामा निबर्तमान अध्यक्ष्य घनश्याम पौडेल ले बिगत २ बर्षमा भयका उप्लब्धिहरुका बारेमा प्रस्तुती दियका थिए भने कोषाध्यक्ष्य बिजय बज्राचार्यले आर्थीक स्थिती सुधारियको आकडा पेश गरेका थिए ।

निबर्तमान महासचिब शैलेन्द्र श्रेष्ठ ले सन्चालन गरेको कार्यक्रममा एनआरएन युकेका महासचिब राज कुमार त्रिपाठी, सोनेयुकेका सल्लाहकारहरु के. के. श्रेष्ठ, नवराज अधिकारी, राजेश पाठक लगायतले आगामी कार्यकालको शुभकामना दियका थिए ।

नयाँ कार्यासमितिको बैठक छिट्टै बसी आगामी कार्यक्रमहरु तय गर्ने नवनिर्वाचित अध्यक्ष शैलेन्द्र काजी श्रेष्ठले जनाए ।