१३ बैशाख २०८१, बिहीबार
Follow Us

अपांगता भएकालाई सिलाइ मेशिन वितरण

sarusaru
१८ असार २०७५, सोमबार ०६:४२

रामपुर, पाल्पा – रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ ।

अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन वितरण गरिएको हो ।

नगरक्षेत्रभित्र रहेका सिलाइसम्बन्धी ज्ञान आर्जन भएका १० वटै वडाका प्रत्येक वडाका एक÷एक जना छनोट गरी मेशिन वितरण गरिएको समितिका अध्यक्ष पीताम्बर भट्टराईले बताउनुभयो ।

मेशिन वितरण गर्दै नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले यस्ता खालका कार्यक्रमले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम नगरपालिकाले ल्याउने बताउनुभयो ।

विद्यार्थीलाई शैक्षिक सामग्री, अभिभावकलाई सचेतना

दलित उत्थान समन्वय समिति रम्भा गाउँपालिका–३ पाल्पाको आयोजनामा शैक्षिक सामग्री वितरण तथा जातीय छुवाछूत अन्त्यको लागि नेतृत्व विकाससम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम पिपलडाँडामा सम्पन्न भएको छ ।

कार्यक्रममा वडाभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत करीब १७० जना दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री र अति विपन्न दलित परिवारका २५ जना विद्यार्थीलाई विद्यालय पोषाकसँगै शैक्षिक सामग्री वितरण गरिएको छ ।

यसैबीच सोही अवसरमा अभिभावकलाई सचेतनामूलक तालीम दिइएको छ । उनीहरुलाई दलित समुदायको अहिलेको अवस्था र प्राप्त अधिकारका बारेमा सहजीकरण गरिएको थियो । वडाभित्रका झण्डै ५० जनाको सहभागिता रहेको थियो ।
रासस