७ बैशाख २०८१, शुक्रबार
Follow Us

लोकतन्त्रको सुदृढीकरणमा नेपाली प्रेस गोलबद्ध हुनुपर्ने

नेपालब्रिटेन संवाददाता
१८ असार २०७५, सोमबार १४:३५

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले काँग्रेसले पुनःएक पटक अधिनायकवाद र स्वतन्त्र प्रेसको अधिकारका लागि लड्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रमा प्रेसको भूमिका’ विषयको अन्तरक्रियामा उहाँले अधिनायकवादमा स्वतन्त्र प्रेसको परिकल्पनासमेत गर्न नसकिने विचार राख्नुभयो ।

काँग्रेसका सचेतक पुष्पा भुसालले सरकारले संसद् बाहिर पत्रकारलाई र संघीय संसद्भित्र काँग्रेसलाई देखाएको व्यवहार सर्वसत्तावादी भएको बताउनुभयो । वरिष्ठ पत्रकार हरिहर विरहीले प्रेसमाथिको हमला क्रमशः बढ्दै गएको टिप्पणी गर्नुभयो । पत्रकार देवप्रकाश त्रिपाठीले कम्युनिष्टहरु वर्गीय सोचभन्दा माथि उठ्न नसक्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति डा सुरेश आचार्यले लोकतन्त्रको सुदृढीकरणमा नेपाली प्रेस पुनः एक पटक गोलबद्ध हुनुपर्ने समय आएको बताउनुभयो । अन्तक्र्रियामा पत्रकार त्रिपाठीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि विभिन्न पत्रकारले टिप्पणी गर्नुभएको थियो ।