१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज इङ्ल्यान्डसँग कोलम्बिया भिड्ने

नेपालब्रिटेन संवाददाता
१९ असार २०७५, मंगलवार ०५:०२

राति पौने १२ बजे इङ्ल्यान्ड र कोलम्बिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित स्पार्टाक एरिनामा हुनेछ । समूह ‘जी’ मा रहेको इङ्ल्यान्ड उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा ट्युनिसियालाई हराएको इङ्ल्यान्डले दोस्रो खेलमा पानामालाई पराजित गरेको थियो ।

तेस्रो तथा अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित भएपछि ६ अंकसहित समूह उपविजेताको रुपमा इङ्ल्यान्ड राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

उता, ल्याटिन अमेरिकी मुलुक कोलम्बिया समुह ‘एच’ को विजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो । समुहको पहिलो खेलमा जापानसँग हारेको कोलम्बियाले यसपछि पोल्याण्ड र सेनेगललाई हराउँदै राउण्ड अफ सिक्सटिनमा ठाउँ पक्का गरेको हो ।