१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्व र मध्य क्षेत्रमा आज ठूलो पानी पर्न सक्ने

नेपालब्रिटेन संवाददाता
१९ असार २०७५, मंगलवार ०५:२३

काठमाडौं । मनसुनी न्युनचापीय रेखा नेपालतिर सरेकाले आज देशभर मनसुन सक्रिय भएको छ । केही दिनदेखि देशका धेरै ठाउँमा मनसुनी झरी परेको छ । पूर्वदेखि पश्चिमसम्मको मौसम बदली भएको छ । आज पनि देशभरको मौसम बदली भएको छ ।

पूर्व र मध्यका क्षेत्रमा बाक्लो बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रको मौसम सामान्यतया बदली हुनेछ ।

देशका धेरै ठाउँमा मध्मदेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिनु भएको छ । पूर्व र मध्य क्षेत्रका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसमविद् पौडेलले बताउनु भएको छ ।