८ बैशाख २०८१, शनिबार
Follow Us

चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण अनिश्चित

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार १३:५७

काठमाडौं । असोजमा हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण अनिश्चित भएको छ । तीन दिन अघि नेपालका उच्च नेतृत्वलाई चिनियाँ राजदूत ऊ चुन्ताईले राष्ट्रपति सीको भ्रमण तत्कालका लागि स्थगित गरिएको व्यहोरा अवगत गराएको बताइएको छ ।
परराष्ट्र मन्त्रालय र बेजिङस्थित नेपाली दूताबासले भने यसबारे ‘कुनै जानकारी नभएको’ बताएका छन् । नेपालको तर्फबाट भ्रमणको आवश्यक तयारी नभएको र नजिकिँदै गएको नेपाल सम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्धता नदेखिएको चीनको बुझाइसमेत राजदूत चुन्ताईले अवगत गराएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले राष्ट्रपति सीको नेपाल भ्रमण मिति र भ्रमण स्थगित गरिएकोबारे जानकारी नभएको बताएपनि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने चिनियाँ राष्ट्रपति सीको भ्रमण असोजमा हुन्छ भन्नेमा सरकार विश्वस्त रहेको जनाएका छन् ।