७ बैशाख २०८१, शुक्रबार
Follow Us

पहिरोले नारायणगढ—मुग्लिङ सडकखण्ड अवरुद्ध

नेपालब्रिटेन संवाददाता
२० असार २०७५, बुधबार ०४:४८

काठमाडौं । चितवनको नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । विहान साढे ५ बजेतिर पहिरो खसेको प्रहरीले जनाएको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ छ । अहिले पनि सिमसिम पानी परिरहेको बताइएको छ ।