८ बैशाख २०८१, शनिबार
Follow Us

तराई दुई प्रदेश बनाउनुपर्छ : अध्यक्ष पशुपतिशमशेर

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार १४:२८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले तराईमा दुई प्रदेश बनाउनुपर्ने बताउनु भएको छ । सविधान कार्यान्वयन मुख्य चुनौती रहेको भन्दै उहाँले तराईमा दुई प्रदेश बनाएर समाधान खोजिनु पर्ने तर्क गर्नुभयो । उहाँले आज पार्टीको लुम्बिनी अञ्चलका कार्यकर्तालाई भैरहवामा संबोधन गर्दै पूर्वमा मधेश प्रदेश बनिसकेकोले पश्चिममा नवलपरासीदेखि बर्दियासम्मको भूभागलाई समेटेर अर्को प्रदेश बनाउनु पर्ने धारणा राख्नुभयो । मधेशमा दुई प्रदेश बनाएपछि विवादका बाँकी मुद्धा हल गर्न आयोगलाई जिम्मा दिनु पर्ने उहाँले बताउनुभयो ।