७ बैशाख २०८१, शुक्रबार
Follow Us

बाग्लुङमा देवकोटा चोकको निर्माण

sarusaru
२० असार २०७५, बुधबार ०६:२१

बाग्लुङ बजारको वडा नं ३ स्थित गुठीमा महाकवि देवकोटाको नाममा देवकोटा चोक बन्ने भएको छ । साहित्यकार तथा समाजसेवी काजी रोशनको पहल तथा अगुवाइमा देवकोटा चोकको निर्माण हुन लागेको हो । गुठीको गणेश मन्दिरदेखि जिल्ला प्रशासननेरको बुद्दचोकसम्मको ठूलो चोकको नाम देवकोटा चोक भनी नामाकरण गर्न लागेको साहित्यकार काजी रोशनले बताउनुभयो ।
साहित्यमा ठूलो योगदान गरेका व्यक्तिका नाममा चोकको नामाकरण गरेर देवकोटाप्रति सम्मान गरेको कुरा पनि उहाँले बताउनुभयो । साहित्यकार काजी रोशनको पहलमा थालनी भएको उक्त अभियानमा महाकवि देवकोटा चोक भनी नामाकरण गर्ने निर्णय बाग्लुङ नगरपालिकाद्वारा भएको हो ।
साहित्यकार काजी रोशनले नागरिकको चाहनाअनुसार देवकोटा चोकको नामाकरण गर्ने निर्णय भएको र यसले देवकोटाको उच्च कदर भएकोले खुसी व्यक्त गर्नुभयो ।