१५ चैत्र २०८०, बिहीबार
Follow Us

ईपीजी प्रतिवेदनः पहिले मोदीलाई बुझाइने

नेपालब्रिटेन संवाददाता
२१ असार २०७५, बिहीबार ०५:४३

काठमाडौं । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्यहरूले साझा प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने भएका छन् । त्यसपछि प्रधानमन्त्री केपी ओलीलाई बुझाउने उनीहरूको तयारी छ । भारतीय पक्षले मोदीसँग समय मिलाएपछि प्रधानमन्त्री ओलीको समय माग्ने एक सदस्यले बताएका छन् ।

संयुक्त प्रतिवेदनमा सहमति भएलगत्तै यसको अन्तिम प्रकाशन गर्ने कार्यमा दिल्ली र काठमाडौंस्थित सचिवालय सक्रिय छ । प्रतिवेदनमा कुनै कानुनी सुधारको आवश्यकता भए नभएको हेरी दुवैतर्फका सदस्यहरूसँग छलफल गरेर अन्तिम टुंगो लगाउने काम भइरहेको छ । कानुन मन्त्रालयका वरिष्ठ अधिकारीले समेत यसको अध्ययन गरिरहेका छन् ।

प्रतिवेदनका हरेक वाक्य सन्तुलित हुनुपर्ने भन्दै नेपाली पक्षका संयोजक डा. भेखबहादुर थापाले नै भाषामा जोड दिएको बताईएको छ ।