१३ बैशाख २०८१, बिहीबार
Follow Us

डा. केसी आकस्मिक कक्षमा भर्ना

नेपालब्रिटेन संवाददाता
२१ असार २०७५, बिहीबार ०६:०१

काठमाडौं । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई आकस्मिक कक्षमा भर्ना गरिएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भईरहेको छ ।  स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उहाँलाई अस्पतालमा पु-याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिनुभयो ।
डा केसीलाई अस्पताल पु-याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहाल भेट्न पुग्नु भएको थियो । स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताउनु भयो ।

डा. विनोद अर्यालले ‘निषेधाज्ञालाई तोडेर भएपनि उपचारार्थ डा केसीलाई प्रतिष्ठानमा पु-याएका छौँ, आशा गरौँ स्वास्थ्यमा सुधार आउला’ भन्नु भएको छ । उहाँका अनुसार चिकित्सकको निरन्तर प्रयासले मात्र अस्पताल लान सम्भव भएको हो ।