१५ बैशाख २०८१, शनिबार
Follow Us

क्याम्ब्रिज र अक्स्फोर्डको अवलोकन गर्न नेपाली विद्यार्थी बेलायतमा

नेपालब्रिटेन डट कम्
२१ असार २०७५, बिहीबार ११:२४

लन्डन । बेलायतको पठनपाठन, कला संस्कृति र परम्पराको अध्ययन गर्न नेपालको एक विद्यालयमा अध्ययनरत विद्यार्थीको टोली बेलायत आइपुगेको छ । काठमाडौंको काडाँघारीस्थित अक्षरा स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीको समूह यहाँको रहनसहन अध्ययन गर्न बेलायत आएको हो ।

करिब २ साता लामो अध्ययन भ्रमणका क्रममा सो टोलीले अक्फोर्ड र क्याम्ब्रिज विद्यालयको शैक्षिक भ्रमण गरिरहेको स्कुल प्रिन्सिपल अन्जु भट्टराईले जानकारी दिइन् ।

नेपाली विद्यार्थीको विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने सानैदेखिको सपना बुनेका हुन्छन् त्यसैले बेलायतजस्तो शिक्षाको गुणस्तरको बारेमा सानैदेखि उनीहरुलाई जानकारी होस् भनेर शैक्षिक भ्रमणमा विद्यार्थी यहाँसम्म आइपुगेका हुन् भट्टराईले भनिन्, ‘अहिलेको जमना ग्रोबलसिटीजनको हो, जहाँ भए पनि बालबालिकाले क्वालिटी एजुकेशन प्राप्त गरुन् भन्ने चाहाना विद्यालयको छ’ ।

अक्षरा स्कुलबाट बेलायतमा शैक्षिक भ्रमण आउने सो टोली दोस्रो हो । यसअघि गत बर्ष पनि सोही स्कुलले विद्यार्थीका लागि बेलायतमै शैक्षिक भ्रमण मिलाएको थियो । भ्रमण टोलीमा रहेकी संस्कृति सुयालले बेलायत भ्रमणमा आउन पाएकोमा मख्ख छिन् । उनले शैक्षिक भ्रमण निकै फलदयी भएको बताउँदै बेलायतमा अध्यापन गर्ने विधि उच्चस्तीय रहेको अनुभव उनले सुनाइन् । यहाँ युनिर्भसिटीहरु देख्दै अचम्म लाग्दा रहेछन् भित्रै सपिङ सेन्टर समेत हुने रहे छन् उनले वेलायतमा आफुले सिकेको ज्ञान नेपाल फर्के पछि आफ्ना सहपाठीहरुसंग साट्ने वताइन् ।

टोलीले अक्स्फोर्ड, क्याम्ब्रिजलगायत लन्डनस्थित वकिमह्याम प्यालेस्, लन्डन आई, बेलायती संसद, म्याडमटुसाज लगायतको अवलोकन गर्नेछ ।