१५ चैत्र २०८०, बिहीबार
Follow Us

राप्रपा छिट्टै एक हुन्छ : राणा

नेपालब्रिटेन संवाददाता
२१ असार २०७५, बिहीबार १२:४४

नगरकोट । राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै छरिएर रहेका राप्रपा एक स्थानमा उभिने छ भन्नुभयो ।

वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिको संकेत भएको उहाँको भनाइ थियो ।

अध्यक्ष राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलका हकमा सुनाएको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकीकरणको मूल सिद्धान्तको समेत खिल्ली उडाएको आरोप लगाउनुभयो ।

केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोग र डाक्टर केसीले सिफारिश गरेको प्रावधानसहितको चिकित्सा शिक्षा विधेयक पारित नभएसम्म मेडिकल माफियाको राज चलिरहने उहाँको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल रहेको भन्दै उहाँले उत्तर र दक्षिणतर्फ नेपालको निकासी बढाउने ठोस योजना सरकारले ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।