१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेनुका बनिन तेह्रथुम युकेकी टयालेन्ट

नेपालब्रिटेन डट कम्
२१ असार २०७५, बिहीबार १३:३२


दिनेशकुमार परियार ।
तेह्रथुम समाज युकेले युवाहरुको सहभागिता बढाउँदै यसबर्षको बार्षिक भेटघाट शनिबार सम्पन्न गरेको छ । बेलायतमा हुने गरेको कार्यक्रममा नेपाली युवाहरुको सहभागिता कम हुँदै गएपछि समाजले युवा सहभागिलाई आकर्षण गर्न आफनो नवौं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम सहित ट्यालेन्ट हन्टको पनि अयोजना गरेको हो ।

समाजकै भातृसंस्था तेह्रथुम युथ सोसाइटीले संयोजन गरेको ट्यालेन्ट हन्टमा बेनुका फोम्बोले नृत्यवापत प्रथम पुरस्कार हासिल गरेकी थिइन् । सबै उमेर समूहका प्रतिभाहरुले भाग लिएको प्रतियोगितामा भवानी लिम्बूको समूहले च्याब्रुङ नृत्यमा दोश्रो पुरस्कार हात पारेका थिए भने नेपाली गीतमा नृत्य गरेर रेशा लिम्बूले तेश्रो पुरस्कार जितेकी थिइन् ।

चर्चित गायक दीपक लिम्बू, तारा लक्सम, शुसी गुरुङ र प्रनेश लिम्बूले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अविभावक, चेलीबेटी र व्यवसायीहरुले पुरस्कार राशी प्रायोजन गरेका थिए । प्रथम पुरस्कार ६०० पाउण्ड रहेको थियो भने दोश्रो र तेश्रो क्रमशः ४०० र २०० रहेको थियो ।

वेलायतमा पुनर्वास भएपछि संस्कार र संस्कृति हराउन लागेको भन्दै चिन्ता लिएका युवाहरुले कार्यक्रमको सोच ल्याएपछि अविभावकहरुले कार्यक्रमको चाँजोपाँजो मिलाइदिएका हुन् ।

कार्यक्रममा इलाम समाज युकेका अध्यक्ष गोपाल गिरी, ताप्लेजुङ समाज युकेका उपाध्यक्ष यामबहादुर आङ्बोहाङ, पाँचथर समाज सेवा युकेका अध्यक्ष चन्द्र सुन्दास र धनकुटाका अध्यक्ष पूर्ण फाःलेच्छाको उपस्थिति रहेको थियो । कार्यक्रममा चर्चित युवा ब्लगर लेक्स लिम्बू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका महासचिव खुशी लिम्बू, गैरआवासीय नेपाली संस्था युकेका उपाध्यक्ष शुसिला राईको समेत उपस्थिति रहेको थियो ।

अल्डरसटस्थीत एम्पायर ब्याङ्केटिङको हलसमा सम्पन्न उक्त ट्यालेन्ट हन्टमा तेह्रथुमबाट युके पुग्नुभएका वयोवृद्ध नरबहादुर लिम्बूको प्रमुख अतिथि रहेका थिए । तेह्रथुम समाज युकेका अध्यक्ष सुर्य खापुङको सभापतित्व रहेको कार्यक्रमको पहिला सत्र संस्थाका महासचिव डम्मर लिम्बुले गरेका थिए । प्रतियोगिताको संचालन भने एलिना इम्सङ र सिकुम हुक्पाचोङबाङले सञ्चालनमा गरेका थिए ।