१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आफ्नै गीत माथि प्रतिबन्ध लगाउन खोज्दा गायक बद्रि पंगेनी विवादमा (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
२१ असार २०७५, बिहीबार १६:२७

लण्डन। चर्चित गायक बद्रि पंगेनीले आफैले गाएको तीजको म्यूजिक भीडीयो युट्युबमा अपलोड नगर्न दवाव दिएका छन् । पंगेनीले हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर गायिका कला पंगेनी र गायक बद्रि पंगेनीको स्वर अनि नरेन्द्र बस्नेतको लय शब्दमा “चिटिक्कै मलाई सुहायो” बोलको म्यूजिक भिडियो युट्युबमा अपलोड गर्न नदिने अडान लिएका हुन् । विहीवार युट्युब च्यानल मार्फत सार्वजानिक सो भिडियो तीज आएको छैनन् अहिले अपलोड गर्ने होइन् भन्दै अपलोड भईसकेको भिडियो डिलिट गर्न लगाएका थिए । बजारमा सयौं तीजका म्यूजिक आइसकेको भन्दै गायिका कला पंगेनीले विरोध जनाए पछि सो भिडियो युट्युब च्यानलमा उपलब्ध भएको हो ।

हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर गायिका कला पंगेनी र गायक बद्रि पंगेनीको स्वर अनि नरेन्द्र बस्नेतको लय शब्दमा “चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीतको म्यूजिक भीडीयो भर्खरैमात्र गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानम मार्फत सार्वजनिक गरेको छ । पत्रकार समेत रहेका बस्नेतले सामाजिक संजाल फेसबुक मार्फत सो भिडियो सार्वजानिक गर्न ठूलो संघर्ष गर्नु परेको बताएका छन् । बस्नेतले गीत रेकर्डिङ देखि युट्युब सम्मको लामो संघर्ष पश्चात मेरो तीजको गीत (चिटिक्कै मलाई सुहायो) सार्वजनिक भएको छ, आशा छ सबैले हेरेर मन पराउनुहुनेछ र सल्लाह सुझाव दिनुहुनेछ भनेका छन् ।

परदेशिएको आफ्नो मायालुसंग पोखिएको वेदनाले भरिएको यस तीज गीतमा ढाका टोपी र गुन्यू चोलीमात्र होइन परदेशदेखि गाउँघर अनि मेलापातसमेतलाई समेटिएको छ । बाध्यताले परदेश लागेको मायालुको बारेमा सुनेका कुराहरुले चसक्क दुखेको मन अनि परदेशमा भोगेको पीडालाई गीतमार्फत प्रस्तुत गर्न खोजीएको छ । उक्त गीतको म्यूजिक भीडीयोमा अहिले सर्वाधिक लोकप्रिय बनेको म्यूजिक भीडीयो “बोल माया “ मा सफल अभिनय गरेकी अन्जली अधिकारी र निकै व्यस्त मोडल महेन्द्र गौतमको जोडदार अभिनय रहेको छ । पछिल्लो समयमा प्रकाश सपुतको ‘बोल माया’मा निकै चर्चा पाएकी अन्जलिका थुप्रै तीज गीतहरु बजारमा आएकाछन । यस गीतको म्यूजीक भीडीयोमा प्रविन थापाको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको छ भने दृश्य निर्माणमा ह्वाइट मिडिया प्रा।लि। को भूमिका रहेको छ ।