१३ बैशाख २०८१, बिहीबार
Follow Us

एकता प्रवर्धन गरौँ, डायस्पोराको आयम परिवर्तन गरौँ

नेपालब्रिटेन डट कम
२२ असार २०७५, शुक्रबार ००:१२

अमेरिकामा रहेका बिज्ञहरुले नेपाली डायस्पोराको समग्र आयाम परिवर्तन गर्नुपर्ने समय आएको बताएका छन् । गतसाता भर्जीनियामा आयोजित एसोसिएसन अफ नेपालिज् इन द अमेरिकाज, एएनए, को बार्षिक सम्मेलनमा बोल्दै सामुदायीक अगुवाहरुले विभिन्न चिरामा विभक्त नेपाली समाजको एकता नै आजको अपरिहार्यता भएको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख अतिथि, अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्कीले अमेरिकामा रहेका नेपाली ज्ञान र साधन दुबै हिसाबले अब्बल रहेको तर्क पेश गर्दै सामुहिक उत्थानको लागी समग्र नेपाली संघसंस्थाहरु एकजुट हुनपर्ने आवश्यकता औल्याउनु भयो ।
“अब परम्परागत ढर्राले चलेर हुन्न, राम्रो गर्नेलाइ हौसल्ला दिन र गलत गर्नेलाइ सुझाव दिन नसक्ने हो भने हामी कहीँ पनि पुग्दैनौँ ” वहाँले भन्नुभयो । अमेरिका अवसरको खानी भएता पनि नेपाली समुदाय आफँैेमा विभाजित हुनाले अपेक्षकृत प्रगति हुन नसकेको तथ्य स्मरण गराउदै वहाँले भन्नु भयो, “हामी आँफैमा लडिरहने होइन यहाँको मुलधारमा प्रतिस्पर्धा गरौँ ।” नेपाली अवैतनिक महाबाणिज्यदुत तथा संगीतसाधक प्रेमराजा महतले अमेरिकामा नेपालीको प्रगतिको कथा लोभलाग्दो भएता पनि एकता अभावमा त्यो ओझेल परेको बताउदै भन्नु भयो, “हामी मुलधारमा प्रतिस्पर्धा गर्ने योग्य छौँ ।”
एएनएका अध्यक्ष मेदिनी अधिकारीले नेपालीको क्षमता अभिबृदि गर्दै दक्ष रोजगार बजारमा प्रबेशको दर तिब्र पार्नुपर्नेमा जोड दिनुभयो । अमेरिकी सरकारले दक्ष जनशक्ति निर्माणको लागी निशुल्क प्रदान गर्ने विभिन्न सिपमुलक तालिमहरु लिएर दक्ष रोजगार बन्ने अवसरबाट नेपालीले अपेक्षाकृत लाभ लिन नसकेको तर्फ इंगित गर्दै वहाँले भन्नुभयो, “अब सामजीक संस्थाहरुले त्यसमा सहजिकरण गर्नसक्नु पर्छ ।” अधिकारीले अमेरिकामा रहेका ३ वटा पुराना र ठुला संस्थाहरु एएनए, नासा र आन्मा अब औपचारिक रुपमै एकजुट भएर जाने सहमति भएको बताउनु भयो । तिनवटा संस्थाले संयुक्तरुपमा आगामी अगस्ट ३० तारिख शिकागोमा नेपाली सम्मेलन गर्दैछन् जसको मुल उदेश्य एकता र सामुदायीक विकास भएको अधिकारीले बताउनु भयो । त्यस सम्मेलनमार्फत एकता र सहकार्यको गतिलो संदेश दिने र डायस्पोराको आयाम परिवर्तनमा लागी पर्ने वहाँले बताउनु भयो ।

कार्यक्रममा एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाहले एनआरएन कुनै पनि समाजिक संस्थासंग सहकार्य गर्न तयार रहेको बताउनु भयो । अमेरिका नेपाल सोसाइटि र एनआरएनए भर्जीनिया च्याप्टरसंगको सहकार्यमा आयोजित कार्यक्रममा एएनएसकी अध्यक्ष प्रभा देउजाले नेपालीको हितको लागी सहकार्य गर्न आफुहरु सदैब तयार रहेको र एएनएसले अमेरिकी मुलधारमा प्रतिस्पर्धाका लागी सहजीकरण गरिरहको जानकारि दिनुभयो ।
“एकता प्रवर्धन गराँै र समग्र नेपालीको साझा मंच निर्माण गरौँ” भन्ने स्लोगान बोकेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतीनिधिहरुले एकता र सामुदायीक हितका लागी एएनएले उठाएका अवधारणहरुको प्रसंशा गरेका थिए । ज्यादै औपचारिक रुपमा, अमेरिकन शैलीमा सम्पन्न कार्यक्रममा अन्य नेपाली कार्यक्रममा जस्तो खादा वा माला लगाएर मंचमा आसिन अतिथिहरु थिएन् । एएनएको यो थालनीको सबै सहभागी तथा अतिथिहरुले खुलेर प्रसंशा गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा क्षमता अभिबृदि र रोजगारका अवसरहरु बारे स्थानिय सरकारहरुले प्रदान गर्ने तालिमहरु र त्यसबाट कसरि लाभान्वित हुन सकिन्छ भन्ने बारे कार्यशाल संचालन गरिएको थियो ।