१५ बैशाख २०८१, शनिबार
Follow Us

७४ वर्षिया बृद्धा अल्डरशटबाट वेपत्ता

नेपालब्रिटेन डट कम्
२२ असार २०७५, शुक्रबार १९:५४

लण्डन । अल्डरशटमा बसोबास गर्दे आएका एक बृद्धा वेपत्ता भएका छन् । ग्रेटर रसमोर नेपाली समाजका अध्यक्ष जीव बेलवासेका अनुसार ७४ वर्षिय धनपति राई बुधवार विहान देखी वेपत्ता भएका हुन् ।

५ फिट ७ इन्च उचाई भएका राई किंस्स रोडबाट विहान ४ बजे देखी हराएका हुन् । उनले कालो पाइन्ट, हरियो रंगको लामबाउले कमिज र अस्कोट लगाएको स्थानिय प्रहरीले जनाएको छ । राईको बारेमा कुनै सूचना प्राप्त भएमा १०१ नम्बरमा फोन गरेर खबर गर्न प्रहरीले आव्हान गरेको छ ।