८ बैशाख २०८१, शनिबार
Follow Us

विश्वकप २०१८ मा ११ आत्मघाती गोल

sarusaru
२३ असार २०७५, शनिबार ०२:५०

एजेन्सी। यसपटकको विश्वकपमा अत्याधिक आत्मघाती गोल भएका छन् । यसपटक आत्मघाती गोलको पुरानो रेकर्डमात्रै तोडिएन बरु यस पटक आत्मघाती गोलको वर्षा नै भयो । ७ आत्मघाती गोल हुँदा नै कुनै एक विश्वकपमा सबैभन्दा धेरै आत्मघाती गोलको रेकर्ड बनिसकेको थियो । आजसम्म आइपुग्दा भने यो विश्वकपमा ऐतिहासिक रुपमा आत्मघाती गोल भइसकेका छन् ।

विश्वकप इतिहासमा यसअघि सबैभन्दा धेरै आत्मघाती गोल १९९८ को विश्वकपमा भएका थिए । त्यतिबेला ६ आत्मघाती गोल भएका थिए । यसपटक भने यो रेकर्ड समूह चरणका खेल नसकिँदै तोडियो । यसपटक समूह चरणमै ९ आत्मघाती गोल भइसकेका थिए । क्वाटरफाइनलमा आधा खेल सकिँदासम्म यसपटक आत्मघाती गोलको संख्या झण्डै दोब्बर पुगेको छ । यो विश्वकपमा ११ आत्मघाती गोल भइसकेका छन् । आत्मघाती गोल गर्ने पछिल्लो खेलाडी ब्राजिलका फर्नान्डिन्हो बनेका छन् ।

यो विश्वकपमा आत्मघाती गोल गर्न मोरक्कोका अजीज बुहाडोजले सुरु गरेका थिए । यो विवकपको पहिलो आत्मघाती गोल उनले इरानसँग खेल्दा गरे । लगत्तै अस्ट्रेलियाका अजीज बेहिचले फ्रान्ससँग, नाइजेरियाका ओघिनेकारो इटेबाले क्रोएसियासँग, पोल्याण्डका थिएगो सियोनेकले सेनेगलसँग, इजप्टमा अहमद फाथीले रुससँग, रुसका डेनिस चेरिसेभले उरुग्वेसँग, मेक्सिकोका एड्सन अल्भारेजले स्वेडेनसँग, स्विजरल्याण्डका यान सोमरले कोष्टारिकासँग, ट्युनिसियाका यासिन मेरियाले पनामासँग, रुसका सेर्गेइ इग्नासेभिचले स्पेनसँग र ब्राजिलका फर्नान्डिन्होले बेल्जियमसँग खेल्दा आत्मघाती गोल गरे ।

यो विश्वकपमा सबैभन्दा धेरै आत्मघाती गोल रुसले गरेको छ । उसले समूह चरणमा उरुग्वेसँग र राउण्ड अफ १६ मा स्पेनसँग गरी २ आत्मघाती गोल गरेको छ । रोचक त के भने १ आत्मघाती गोल गर्ने सबै टिम विश्वकपबाट बाहिरिइसक्दा २ आत्मघाती गोल गर्ने आयोजक रुस भने अझै विश्वकपबाट बाहिरिएको छैन । उरुग्वेसँग आत्मघाती गो गर्दै ३–० ले हार्दा पनि समूह चरणबाट नकआउट प्रवेश पाएको रुसले स्पेनविरुद्ध आत्मघाती गोल गरेर बराबरी भएको खेल पेनाल्टी सुटआउटमा जितेको थियो ।