१३ बैशाख २०८१, बिहीबार
Follow Us

मेरो बाँकी जीवन मुलुक निर्माण र समृद्धिका लागि : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२३ असार २०७५, शनिबार १४:४३

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो बाँकि जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने घोषणा गर्नु भएको छ । अध्यक्ष दाहालले निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सार्नु भयो ।

उहाँले पछिल्ला एक दशक शान्ति र संविधान निर्माणमा आफूले बिताएको उल्लेख गर्दै अव मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प रहेको बताउनु भयो । अध्यक्ष दाहालले आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा संघर्ष र लडाईमा २ दशक बिताएको पनि स्मरण गराउनु भयो ।

उहाँले मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा आवश्यक लगानी भित्रयाउने व्यवस्थासहित संविधान जारी गरिएको दावी पनि गर्नु भयो । शनिबार प्याब्सनद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूहरु शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीको बिरोधि नभएको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले नेपालको शिक्षामा निजी क्षेत्रले गरेको मिहिनेतको प्रशंशा गर्दै गुणस्तरीय शिक्षामा अझै जोड दिन पनि आग्रह गर्नु भयो । अध्यक्ष दाहालले जीवन उपयोगी शिक्षामा सबैले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य र रोजजारीलाई सर्वसुलभ र सहज बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।