१६ चैत्र २०८०, शुक्रबार
Follow Us

धादिङमा पहिरोले ५ जनाको ज्यान गयो, धादिङ – नुवाकोट समाज यूकेले सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
२३ असार २०७५, शनिबार १९:२४

लन्डन ।असार १३ र १४ गतेको अबिरल बर्षाको कारण धादिङ जिल्लाको उत्तरी भेत्रमा पर्ने सत्यदेबी र मार्पाकमा पहिरोले ७ घर पुरिएका छन् । पहिरोले पुर्दा ५ जनाको ज्यान गएको छ भने २ जना बिपत्ता भएका छन ।

खनियावास गाउंपालिका ५ साईस्वांरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउंदा गोलेकी ३६ बर्षिय श्रीमती बसोधा गुरुङ, १० बर्षिय छोरी लक्ष्मी गुरुङ र ५ बर्षिय सरस्वती गरूङको पहिरोमा परि ज्यान गएको हो ।

त्यस्तै सोही गाउंपालीका चिउरीखर्कमा गएको पहिरोमा शम्सेर घले र कोप्ची घले बेपत्ता भएका छन् । त्यस्तै नेत्रावती डपजोङ गाउंपालिका मार्पाकमा पांच घर बगाएको खवर प्राप्त हुने बित्तिकै बेलायतमा बिगत ११ बर्ष देखी बिभिन्न समाजिक कृयाकलापमा सकृय संस्था धादिङ नुवाकोट समाज यूकेले आपत्कालिन बैठक बसी आपत्कालिन सहयोगको लागी संस्थाका सदस्यहरुलाई आह्वान गरेको छ ।

केही दिनमा नै करिब ३ लाख रुपैया संकलन गरी नेपाल जादैं गरेका कार्यसमिति सदस्य शूर्य थोक्राले पिडित परिवारसंग भेटतय भएको अध्यक्ष सी बि तामाङले जनाए ।

पुर्व महासचिब हरिसी वाईबाले प्रवासमा बसेका नेपालीसंग सहयोगको लागि याचना गरेका छन् । उनको जनप्रतिनिधीलाई जवाफदेही हुन् आग्रह गर्दै गाउंपालिकाले पिडित परिवारको यथोचित ब्यबस्थापनको जिम्मेवारी लिन माग गरेका छन् ।