१३ बैशाख २०८१, बिहीबार
Follow Us

अधिकारी सर्वोच्च बार अध्यक्ष

नेपालब्रिटेन संवाददाता
२४ असार २०७५, आईतवार ०५:०८

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।
यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्ष सरोजकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।
महिला सदस्यमा किरणकुमारी गुप्ता, सदस्यमा राजु आचार्य, राजाराम उपाध्यय, पुष्पराज पौडेल, दीपेन्द्रकुमार राई, रमेश महर्जन, भुवनप्रसाद काफ्ले, कल्याण पोखरेल र सन्तोषकुमार महतो निर्वाचित हुनुभएको हो ।