८ बैशाख २०८१, शनिबार
Follow Us

अग्निपीडित बालबालिकालाई पोशाक

sarusaru
२४ असार २०७५, आईतवार ०५:४८

इनरुवा – सुनसरी बराहक्षेत्र नगरपालिका– ११ मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोशाक वितरण गरेको छ ।

चार महिना अघि बराहक्षेत्र नगरपालिका– ११ मधुवनको कोशी क्षेत्रमा रहेको सरदार बस्तीमा आगलागीबाट पीडित भएका बालबालिकालाई संघले पोशाक वितरण गरेको हो ।

अग्निपीडित २५ जना बालबालिकालाई विद्यालय जान सहज होस् भनेर पोशाक वितरण गरेको संघ सुनसरीका अध्यक्ष बेनु सिग्देलले जानकारी दिनुभयो ।

बराहक्षेत्र नगरपालिका– ११ मधुवनमा भएको आगलागीमा ५२ घरका रु एक करोड ५० लाख बढीको क्षति भएको थियो । सोही क्रममा विद्यालय जाने उमेर समूहका विपन्न र दलित बालबालिकाको पोशाक र पाठ्यपुस्तकसमेत जलेर नष्ट भएको थियो ।

घटनाका बारेमा रासससहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि सरोकार भएकाले सो क्षेत्रमा सहयोग गर्नेक्रम जारी रहेको छ ।
रासस