१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

sarusaru
२४ असार २०७५, आईतवार ०६:५१

वालिङ, स्याङ्जा – स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी रु १२ लाख सहयोग गरेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष राजु भण्डारीले बताउनुभयो ।

स्याङ्जा परिवार दक्षिण कोरियाले यसअघि स्याङ्जा जिल्ला अस्पताललाई एम्बुलेन्स, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई भिडियो एक्स–रे मेसिन प्रदान गरिसकेको छ ।

दक्षिण कोरियाली भूमिमा पसिना बगाउने स्याङ्जावासीको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले विदेशी भूमिमा दुःख तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उद्देश्यले दक्षिण कोरियामा ‘सहयोग घर’ स्थापना गरेको छ । संस्थाले कम्पनीमा काम गर्दा दुर्घटनामा परी अंगभंग हुने तथा मृत्यु भएका परिवारलाई सान्त्वनास्वरुप राहत प्रदान गर्दै आएको छ भने स्याङ्जाका विभिन्न भागमा विगतमा बाढीपहिरो, आगलागी तथा मिर्गौला पीडितका लागि आर्थिक सहयोग गर्दै आएको छ ।
रासस