७ बैशाख २०८१, शुक्रबार
Follow Us

डिसहोमका अध्यक्षमा ढकाल

sarusaru
२४ असार २०७५, आईतवार १०:१२

काठमाडौँ – टेलिभिजन प्रसारक संस्था डिसहोमका अध्यक्षमा हेमराज ढकाल नियुक्त हुनुभएको छ ।

डिसहोम सञ्चालक बोर्ड बैठकले अध्यक्षमा ढकाल र प्रबन्ध निर्देशकमा सुदीप आचार्यलाई नियुक्त गरेको छ । अध्यक्ष ढकाल यसअघि सञ्चालक सदस्य तथा प्रबन्ध निर्देशक आचार्य यसअघि डिसहोमका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । संयुक्त राज्य अमेरिकाको आरकान्सा विश्वविद्यालयबाट इण्डष्ट्रियल इञ्जिनीयरिङ अध्ययन गर्नुभएका आचार्यसँग अमेरिकाकै विभिन्न कम्पनीमा काम गरेको अनुभव छ ।

प्रबन्ध निर्देशक आचार्यले आफ्नो जिम्मेवारी बढेसँगै डिसहोमलाई सेवाग्राहीबीच थप विश्वसनीय र प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिनुभयो । मुलुकका विकट बस्तीसम्म सेवा प्रदान गर्दै आएको डिसहोमले पछिल्लो समय विभिन्न विषयका छुट्टाछुट्टै टेलिभिजन च्यानलसमेत सञ्चालन गरिरहेको छ ।
रासस