१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालब्रिटेन डट कमको वार्षिक समारोहलाई महानायक राजेश हमालले सम्वोधन गर्ने

नेपालब्रिटेन डट कम्
२४ असार २०७५, आईतवार १२:१२

लन्डन । नेपालब्रिटेन डट कमको वार्षिक समारोहलाई महानायक राजेश हमालले सम्वोधन गर्ने भएका छन् । २२ जुलाई, आइतवार लण्डनस्थित ह्यारो फुटवल कल्वमा आयोजना हुने सो कार्यक्रममा हमाल सहभागी हुन लागेका हुन् । हमाल गैरआवासीय नेपाली संघ युकेको युथ समुहले आयोजना गर्न लागेको वृहत अन्तरसंवाद कार्यक्रममा भाग लिन लण्डन आउन लागेका हुन् ।

जुलाई २१ तारिख शनिबार टिडवर्थ ग्यारिजन थिएटरमा ‘म अनि मेरो मातृभूमि’ विषयक अन्तरक्रियामा माथिका हस्तीहरु आउने तयारी भएको कार्यक्रम संयोजक एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए ।
संयोजक गुरुङले युवा लक्षित प्रेरणादायी कार्यक्रमका लागि राजेश हमाल १९ जुलाइमा, दिलभुषण पाठक १८ जुलाइ र भवन भट्ट २० जुलाइमा लन्डन आइपुग्ने जानकारी दिए । गुरुङले शनिवार गैरआवासीय नेपाली संघ युकेको अन्तरक्रिया सकेर नायक हमाल नेपालब्रिटेन डट कमको कार्यक्रममा सहभागी हुने छन् ।
बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आर के त्रिपाठीले सो अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायतको सहभागीता रहेन छ ।