१३ बैशाख २०८१, बिहीबार
Follow Us

ग्लोबल आइएमई बैंकको १०० औं शाखारहित बैंकिङ्ग सेवा सुनसरीमा

नेपालब्रिटेन डट कम्
२५ असार २०७५, सोमबार ११:५१

काठमाडौं । ग्लोबल आइएमई बैंकले सुनसरीको बराह नगरपालिका ५ कालाबन्जरमा आफ्नो १०० औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त १०० औँ शाखा रहित बैंकिङ्ग सेवाको कालाबन्जरकी १०५ बर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालले संयुक्त रुपमा गरे ।

बैंकले जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै आफ्नो १०० औ शाखारहित बैंकिङ्ग सेवा १०५ बर्षकी ज्येष्ठ नागरिकको हातबाट समुद्घाटन गरेको जनाएको छ । ग्लोबल आइएमई बैंकले २०६९ असार २० गते बर्दियाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेरे उक्त सेवाको सुरुवात गरेको थियो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होम, सीडीएमए, यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले त्यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बताएको छ ।