१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन र जनकपुरको जानकी मन्दिर गुठीबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालब्रिटेन संवाददाता
२५ असार २०७५, सोमबार १४:३९

काठमाडौं । एनआरएन र जानकी मन्दिर गुठीबीच विद्युतियकरण मार्फत प्रज्ज्वलन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार प्रदेश नम्बर २ प्रमुख लालबाबु राउत र गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोको रोहवर तथा जनकपुर उपपमहानगरपालिका प्रमुख लालकिशोर साहको उपस्थितिमा संघ र जानकी मन्दिर गुठीबीच जानकी मन्दिर परिसरलाई विद्युतियकरण मार्फत प्रज्ज्वलन गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । एनआरएन अध्यक्ष भवन भट्टले मन्दिर परिसरलाई विद्युतीकरणमार्फत प्रज्ज्वलन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।