७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रिसम्मेलन कार्यक्रम स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी

नेपालब्रिटेन डट कम्
२५ असार २०७५, सोमबार १८:५५

गत ८ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी सम्पन्न गरयो ।

नेपालबाट पाल्नुभएका विश्व नेपाली साहित्य सम्मेलनको निम्ति आमन्त्रित गीतकार भावेस भुमरीद्धारा गीत लेखनबारे विस्तृत प्रशिक्षण दिनुभयो ।

आगामी १२ अगष्टको दिन क्यान्टवरी युनिभर्सिटीमा सम्पन्न हुने दोस्रो विश्व नेपाली साहित्य सम्मेलन स्थल नजिक प्रिसम्मेलन स्वरुप गीत लेखन गोष्ठी तथा साहित्य महासङ्घ स्थापनाको ८ औं बर्षगाँठ साथै २०५ औ भानु जयन्ती मनाएको छ ।

आदिकवि भानभक्तको बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले बोल्नु भयो भने विश्व सम्मेलनको बारेमा सम्मेलन सहसंयोजक विजय हितानले आयोजक तथा ब्यवस्थापक समिति विस्तार गरि ५७ बनाईएको जानकारी गराउनु भयो । साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेलाले स्थापना दिवसको शुभ कामना साथै विश्व सम्मेलनको निम्ति जोडतोडले देशविदेशमा तयारी भईरहेको साथै उक्त सम्मेलन सम्पन्न गर्न सबैलाई साथ सहयोग गर्न आब्हान गर्नुभयो ।

प्रशिक्षकको रुपमा रहनु भएका भुमरीको जीवनी बारेमा अमित थेवेले प्रकाश पार्नुभएको थियो भने साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा गोष्ठी सम्पन्न भएको थियो । कार्यक्रमलाई महासचिव थीर थापाले आकर्षण ढंगबाट संचालन गर्नुभएको थियो ।