१३ बैशाख २०८१, बिहीबार
Follow Us

अञ्जली पुरीलाई पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा पुरस्कार प्रदान

नेपालब्रिटेन डट कम्
२५ असार २०७५, सोमबार १९:३४

पर्वत । एसईई परिक्षा २०७४ मा ४ जिपिए हासिल गरि नेपाल प्रथम भएकी अञ्जली पुरीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ । मोदी गाउँपालिका ६ तिलाहार घर भई हाल कुश्मा नगरपालिका ७ निवासी पुरीलाई पर्वत वेलफेयर सोसाईटी यूकेले प्रोत्साहन स्वरुप नगद ४० हजार पुरस्कार प्रदान गरि सम्मान गरेको हो । सोमबार कुश्मानगरपालिका ७ को वडा कार्यालयमा आयोजित कार्यक्रममा पुरीलाई पर्वत वेलफेयर सोसाईटी यूकेले नगद प्रदान गरि सम्मान व्यक्त गरेको छ । कुश्मा ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल, वडासदस्य पर्शुराम पुरी, निलराज पुरी लगायतले अञ्जली पुरीलाई पुरस्कार प्रदान गर्नुभयो ।

वडाध्यक्ष पौडेलले वडा, जिल्ला र समग्र नेपालको नाम राख्न सफल छात्रालाई विदेशबाट हौसला प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले डाक्टर बन्ने उदेश्य राखेकी पुरीलाई सफलताको शुभकामना दिनुभयो । यूकेमा रहेका पर्वतेली दाजुभाईले खाजा खर्च कटाएर गरेको सहयोगले आफुलाई गौरवान्वित बनाएको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

पुरस्कार बितरण कार्यक्रममा वडासदस्य पर्शुराम पुरीले अञ्जली पुरीको उज्वल भविष्यका निम्ती चिन्ता गरेर यूकेमा रहेका दाजुभाईहरुले गरेको सम्मान प्रसंसायोग्य रहेको बताउनुभयो । उहाँले सामाजिक अभियानमा संधै भरि लागिरहन यूकेवासी पर्वतेलीहरुलाई आग्रह गर्नुभयो भने अञ्जलीलाई उज्वल भविष्यको कामना गर्नुभयो । वडासदस्य निलराज पुरीले पनि आर्थिक अवस्था कमजोर रहेकी अञ्जलीलाई उच्च शिक्षाका लागि सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले जेहेन्दार छात्राको पढाईमा सबैको हौसला जरुरी रहेको बताउनुभयो । अञ्जलीका शिक्षक कालिगण्डकी एकेडेमीका भाईस प्रिन्सीपल गोविन्द पौडेलले बिद्यालयले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएर बिद्यालय संगै जिल्लाकै गरिमा बढाएको बताउनुभयो ।

अञ्जलीका हजुरआमा दुर्पती पुरीले अपाङग रहेका छोरालाई पढाउने धोको अधुरो रहेपनि नातिनीले आफ्नो रहर पुरा गरेको बताउनुभयो । उहाँले नातीनीको सफलताले आफूलाई सच्चा अभिभावकको रुपमा स्थापित गरेको बताउनुभयो । पुरस्कृत छात्रा अञ्जली पुरीले आफ्नो डाक्टर बनेर दुरदराजका गरिव जनताको सेवा गर्ने धोको रहेको सुनाईन् । जहाँ ईच्छा त्यहाँ उपाय भने झैँ आफुलाई अगाडी बढ्न देशबिदेश, घर परिवार, छिमेकी, बिद्यालयका शिक्षकहरुले हौसला दिईरहेकाले सफल हुने विश्वास व्यक्त गर्नुभयो । पुरीले आफुलाई पर्वत समाज यूकेले हौसला थपेको भन्दै आभार व्यक्त गर्नुभयो ।

जिल्लाकी एक जेहेन्दार सामान्य परिवारकी पुरीलाई अध्ययनमा हौसला प्रदान गर्न यूकेमा रहेका पर्वतेलीहरुले यसरी पुरस्कार प्रदान गरेका हुन् । पर्वत नेपाल डट. कम ले अञ्जलीको बारेमा समाचार र अन्तवार्ता प्रकाशन गरेपछि विश्वभर चर्चा भएको थियो । सोहि समाचार अनुसार यूकेमा क्रियाशिल संस्था पर्वत वेलफेयर सोसाईटी यूकेले पुरस्कार दिने योजना बनायो । सोहि अनुसार सक्दो सहयोग संकलन गरेर पुरीलाई प्रदान गने संस्थाले निर्णय ग-यो । सक्दो सबैले सहयोग संकलन गरेर पुरस्कार प्रदान गरिएको पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष दधी आचार्यले बताउनुभयो ।

यूकेबाट अञ्जली पुरीलाई प्रोत्साहन स्वरुप रकम प्रदान गर्नुहुने माहानुभावहरुको नामावली यसप्रकार छ ।

१ दधी आचार्य

२ भरत पौड्याल

३ विनोद पुरी

४ नेत्र आले

५ अङ्ग गर्वुजा

६ मेजर कृष्ण गुरुङ

७ नारायण कोन्मे

८ कल्पना गुरुङ

९ ग्याम गुरुङ

१० हरि गुरुङ

११ धन क्षेत्री

१२ कमल गुरुङ

१३ एकबहादुर पुन

१४ पुरन गिरी

१५ क्याप्टेन जीवनकुमार गुरुङ

१६ ले.री.चन्द्रबहादुर गुरुङ

१७ दिपक जोशी

१८ रक्षे गुरुङ

१९ यम भण्डारी

२० मेखबहादुर पुन

पर्वत वेलफेयर सोसाईटी यूकेका महासचिव भरत पौड्याल र सचिव विनोद पुरी (डिल्लीराज पुरी) र कोषाध्यक्ष नेत्र आलेको संयोजनमा यूकेमा रकम संकलन गरिएको हो भने सम्पुर्ण यूकेमा रहेका पर्वतेली दाजुभाई पर्वत सेवा समाजका पदाधिकारी र सदस्यहरुले सहयोग गरेका थिए भने पर्वतबाट पत्रकार रोशन तिवारी, साजन परियार, विशन क्षत्रीले संयोजन गरेका थिए । सहयोग गर्ने सबैजना सहयोगी महानुभावहरुलार्ई पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष दधी आचार्यले धन्यवाद सहित आभार व्यक्त गर्नुभएको छ ।