१२ बैशाख २०८१, बुधबार
Follow Us

विश्वकप फुटबलअन्तर्गत आज पहिलो सेमिफाइनल खेल

नेपालब्रिटेन संवाददाता
२६ असार २०७५, मंगलवार ०६:०४

मस्को । रुसमा जारी विश्वकपको पहिलो सेमिफाइनल सुरु हुँदैछ । आज हुने सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्दै छन् । फ्रान्स र बेल्जियम निरन्तर लयमा छन् । आज राति पौने १२ बजे हुने खेल निकै रोचक हुने आशा गरिएको छ ।

त्यस्तै, भोलि हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता इंग्ल्यान्डले क्रोएसियाको सामना गर्नेछ । इंग्ल्यान्ड २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।

विश्वकपको सेमिफाइनलमा पुगेका चारवटै टोली युरोपका हुन् । युरोपका मात्र टोली रहेकाले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।

क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गयो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।

त्यसैगरी यता इंग्ल्यान्डले स्वीडेनलाई २–० तथा क्रोएसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।