१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा राजनीतिक संकट

नेपालब्रिटेन संवाददाता
२६ असार २०७५, मंगलवार ०६:०९

लन्डन । बेलायती विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिनु भएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले जानसोनको राजिनामा स्वीकृत गरिएको जानकारी दिइसकेको छ । ब्रेक्जिट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजिनामा दिनु भएको हो । बेलायतका ब्रेक्जिट मन्त्री डेभिड डेभिसले हिजै मन्त्री पदबाट राजिनामा दिनु भएको थियो ।

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विदेश मन्त्रीको पदबाट बोरिस जोनसनले दिएको राजिनामा प्रधानमन्त्रीबाट स्वीकृत भएको छ ।’

प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषदमा रहेका डेभिस र जोनसनले राजीनामा दिएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग सिर्जना भएको छ ।

युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुको राजिनामाले ब्रेक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पार्ने अनुमान गरिएको छ ।