६ बैशाख २०८१, बिहीबार
Follow Us

साइबर अपराध समस्याका रुपमा

नेपालब्रिटेन संवाददाता
२६ असार २०७५, मंगलवार ०६:४६

विराटनगर । सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुं बढिरहेको छ ।
सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन ।
जष्ट से नो नेपाल नामक संस्थाले सोमबार साइबर अपराध र कानूनी व्यवस्थाका बारेमा फरक उमेर समूहका व्यक्तिलाई जानकारी दिएको थियो । कार्यक्रममा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले साइबर अपराध पछिल्लो समय समस्याका रुपमा आएकाले यसलाई विद्यालयस्तरबाट बालबालिका र सामाजिक अभियानका रुपमा लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।