१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नगर प्रमुख र कार्यकारी अधिकृतसहित ५ जना पक्राउ

sarusaru
२७ असार २०७५, बुधबार ०६:१९

गौर – रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलबाट गढीमाइ नगरपालिकाका प्रमुख र कार्यकारी अधिकृत सहित पाँच जना पक्राउ परेका छन् । असारको अन्तिम हप्ता चन्द्रनिगाहपुरस्थित हिमालयन होटलमा बसेर चेक बाँड्दै गर्दा नगरप्रमुख श्यामप्रसाद यादव र कार्यकारी अधिकृत नरबहादुर विक र अन्य ५ जनाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो । थप अनुसन्धनका लागि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय गौर पठाएको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । कार्यालयको चेक र छाप कार्यालय बाहिर गएर दुरुपयोग गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको उनको भनाइ छ ।