८ बैशाख २०८१, शनिबार
Follow Us

तरुण दल र जनसम्पर्क समितिको कार्यक्रममा कांग्रेसका केन्द्रीय नेता

नेपालब्रिटेन संवाददाता
२७ असार २०७५, बुधबार ०८:२२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको सहभागितामा नेपाल तरुण दल भारत र नेपाली जनसम्पर्क समिति भारतले संयुक्तरुपमा अभिमुखीकरण एवम् छलफल कार्यक्रम आयोजना गरेका छन् । उक्त छलफल कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपि साउद र ईश्वरी न्यौपाने तथा बालकृष्ण पाण्डे र युवा जागरण अभियानका अभियान्ता चिन्तन पौडेलको सहभागी रहने आयोजकले जनाएको छ ।
नयाँ दिल्लीस्थित माल्चिय स्मृति भवनमा आयोजना गरिएको उक्त कार्यक्रम १२ जुलाई अर्थात् भोलि विहीबार अपरान्ह ४ बजेलाई समय तोकिएको छ । सामाजिक विकासबाट नै आर्थिक समृद्धि सम्भव छ भन्ने मूल नाराका साथ उक्त अभिमुखीकरण एवम् छलफल कार्यक्रम आयोजना गरिएको बताइएको छ । प्रवासमा बसेर नेपाली कांग्रेसमा आस्थान राख्नेहरुलाई छलफलमा सहभागिताका लागि आयोजकले आग्रह गरेका छन् ।