८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपाको नियमावली पारित, पार्टी सञ्चालन गर्न सहज

नेपालब्रिटेन संवाददाता
२७ असार २०७५, बुधबार ०८:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ने क पाको सचिवालय बैठकले नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी सञ्चालनका लागि सहज हुनेछ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

बैठकपछि पत्रकारहरुसँग उहाँले, ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ’ भन्नु भयो ।

अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले जानकारी दिनु भएको छ । पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ ।